उमेश कुमार साह :१४ पुस बिहिवार सप्तरी
सप्तरी । बोदे बर्साईन नगरपालिका–४ सिल्हतका ८० वर्षीया मुक्ती राउत (पाल)को घुरबाट सल्केको आगो फैलिएर आगलागीमा मृत्यु भएको मृतकका परिवारलाई बोदे बर्साईन नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
घुरबाट सल्केको आगो फैलिएर आगलागी हुँदा ८० वर्षीया मुक्ती राउत (पाल)को मृत्यु भएको हो ।
सो आगलागीमा परेर राउतकै नाती २५ वर्षीय धर्मदेव पाल पनि समान्य घाइते भएका छन् । आगलागीबाट गोठमा रहेको एउटा राँगा र एउटा भैंसी पनि जलेर मरेको छ भने दुई वटा भैंसी जलेर घाइते भएको बोदे बर्साईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले बताए।
भैंसी गोठमा सुतेका राउतको जलेर मृत्यु भएका राउतको परिवारलाई राहतस्वरुप आज बोदे बर्साईन नगरपालिकाले ५० हजार आर्थिक सहयोग गरेका छन।
बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश सिंह यादवले भने यस रकमले परिवारलाई केही सहयोग पुगोस् भनेर नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।” नगरपालिकाले यस्ता विपद्बाट घटनाबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप ५० हजार उपलब्ध गराउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन।
Discussion about this post