राजविराज, २६ पुस ।
सप्तरी :नेपाल पत्रकार महासंघ शाखा सप्तरीले राजविराजमा मंगलबार आयोजना गरेको एक कार्यक्रमका बीच सप्तरीका दुई जना सञ्चारकर्मी पुरस्कृत भएका छन् ।
महासंघको सभाहलमा आयोजित समारोहमा पूर्व प्रभात दैनिकका सम्पादक बिन्दु कुमार यादवलाई २७ औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । विगत एक दशकदेखि पत्रकारिता पेशामा सक्रिय रहँदैआएका यादवलाई नगद पाँच हजार पाँच, प्रमाणपत्र सहित सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले महासंघको तर्फबाट उक्त पुरस्कार पत्रकार यादवलाई हस्तान्तरण गरेका छन् ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १ निवासी पत्रकार यादव राजविराजमा रहेर पत्रकारिता गर्दैआएका छन् । सामाजिक रुपान्तरणका सवालहरु, सामाजिक विकृति विसंगती विरुद्ध निर्भिकताकासाथ पत्रकारिता गर्ने मापदण्डमा उनलाई सम्मान गरिएको हो ।
यसैगरी सोही समारोहमा अर्को पुरस्कार वातावरण दैनिकका सम्पादक एवम् नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति बैधनाथ झाले स्थापना गरेको वातावरण पत्रकारिता पुरस्कारवाट युवा पत्रकार उमेश कुमार साहलाई सम्मानित गरिएको छ ।
सप्तरीको वोदेवरसाईन नगरपालिका वडा नम्वर–९, देउरी निवासी साह सप्तरीलाई कार्यक्षेत्र बनाएर मधेश टप अनलाइन र पब्लिक प्रेसको सह– सम्पादक रहेर कार्यरत छन् ।
सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ देउरी निवासी सञ्चारकर्मी उमेश कुमार साहले सप्तरीलाई कार्यक्षेत्र बनाएर मधेश टप अनलाइन र पब्लिक प्रेसको सह– सम्पादक रहेर कार्यरत छन् । पत्रकार साहलाई वातावरणीय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । स्व. पत्रकार उमासिंहको १४ औं स्मृति दिवसको अवसरमा १४ औं वातावरणीय पत्रकारिता पुरस्कारबाट उनलाई कार्यक्रमका प्रमुख अतिथि बस्नेत र प्रजिअ भुपेन्द्र थापाले पुरस्कार प्रदान गरेका छन् ।
सप्तरी जिल्लामा सक्रियतापूर्वक अनुसन्धात्मक तथा विकासीय एवम् वातावरणीय समाचार लेखनमा योगदान पुर्याएको भन्दै सञ्चारकर्मी साहलाई पुरस्कृत गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले सप्तरीको पत्रकारिता देशमा प्रशंसा योग्य रहेको बताए । पत्रकारहरुको समस्या समाधानमा काउन्सिल प्रतिबद्ध रहेको बताउँदै निर्भिकताको साथ सदाचारयुक्त समाचार सम्प्रेषण गर्न आग्रह गरे । पत्रकारहरुको पक्षमा निरन्तर काम गरिरहेको बताउँदै बस्नेतले पत्रकारहरुले विश्वासनीयता, सबैले पत्याउने र राम्रो पत्रकारिता गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोविन्द चौलागाईं, प्रेस काउन्सिल नेपालका सदस्य राम प्रसाद दाहाल, महासंघका पूर्व केन्द्रिय सदस्य अवधेश कुमार झा, पूर्व अध्यक्षहरु विष्णु कुमार मण्डल, बैद्यनाथ झा, मुरली प्रसाद यादव, जितेन्द्र खडगा, वरिष्ठ पत्रकार अनिल कुमार अनल लगायतकाले मन्तव्य व्यक्त गरे ।
महासंघका सचिव राम नारायण विश्वासद्वारा संचालित कार्यक्रमम स्वागत उपाध्यक्ष बैधनाथ यादवले गरे भने सल्लाहकार मनोहर कुमार पोखरेलले लोकेन्द्र बुढाथोकीको जिवनी बारे चर्चा गरे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुबिन्द्र भुसाल, सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्ले लगायतका बिभिन्न संचार माध्यमा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post