एजेन्सी । शारीरिक रुपान्तरणको लागि तपाईंको कामुकताले ठूलो भूमिका खेलेको हुन्छ। हर्मोनको स्तरमा आउने गिरावटले न्यूरोलोजिकल र परिसञ्चरणको काममा ठूलो असर गर्ने गर्छ । जसले गर्दा योनीको दुखाइ जस्ता यौन समस्याहरु निम्तिने गर्छ।
यस्ता शारीरिक परिवर्तनहरुको अक्सर मतलब यो हो कि युवाहरु यौन सन्तुष्टिको अभाव वा यौन सम्बन्धी कुनै समस्याका कारण आफूमा केही अपुग भएको महसुस गर्छन् । तर परिपक्व यौनको लागि आत्मविश्वास, भावनात्मकताको विकास आदिको भूमिका ठूलो हुन्छ। त्यसैले सही यौन क्रियाकलापको लागि केही व्यवहारगत पक्षलाई हामीले ध्यान दिनुपर्ने हुन्छ।
१. यौन शिक्षा
उत्कृष्ट र आनन्ददायक यौन सम्बन्धका लागि यौन शिक्षाको ज्ञान हुन जरुरी छ । यसले हामीमा रहेको यौन सम्बन्धी भ्रम चिर्न र यौनलाई आयमिक रुपमा बुझ्न सहयोग गर्छ । सुरक्षित यौन सम्पर्क कसरी गर्ने, यौनजन्य संक्रमणबाट कसरी बच्ने भन्ने कुरा जान्नुपर्छ । सुरक्षित, संयमित यौन क्रियाकलापका लागि आवश्यक जानकारी सहितका पुस्तक एवं जानकारी मूलक सामाग्री जताततै उपलब्ध हुन्छन् । दम्पतीले यौन, यौनाङ्ग आदिको बारेमा राम्रो ज्ञान राख्नुपर्छ।
२. आफुलाई समय दिनुस
३. योनी सुख्खा हुन नदिनु
प्रायःयोनि सुख्खा भयो भने यौन सम्पर्कमा कठिनाइ हुने गर्छ । यस्तो अवस्थामा यौनक्रिंयामा रमाइलोभन्दा पनि पीडा बढी हुन सक्छ । त्यसैले योनीलाई सुख्खा हुन नदिनको लागि पहिले याैन सम्पर्कभन्दा पहिले फोर प्लेको माध्यमबाट योनीलाई सुख्खा हुन दिनु हुँदैन।
४. शारीरिक तन्दुरुस्ती
यौन सम्पर्कको लागि शारीरिक तन्दुरुस्ती पनि आवश्यक हुन्छ । यदि तपाईं तनाव र पीडामा हुनुहुन्छ भने यसले तपाईंको यौन जीवनमा खुसी ल्याउन नसक्ने हुन सक्छ । त्यसैले तपाईंले आफूलाई सबैभन्दा पहिले थकान रहित महसुस गर्नुपर्ने हुन सक्छ ।
५. स्पर्शको अभ्यास
यौन सम्पर्कलाई झनै आकर्षक र रोमान्चक बनाउनको लागि सबैभन्दा पहिले एकले अर्कालाई कामुक पाराले स्पर्श गर्ने अभ्यास गर्न सक्नुहुन्छ । पार्टनरका याैन अङ्ग तथा शरीरका विभिन्न अङ्गहरूकाे स्पर्शले राेमान्चकता उत्पन्न गर्छ ।
६. विभिन्न पोजिसनको अभ्यास
यौन सम्पर्कको समयमा विभिन्न यौन पोजिसनको बारेमा पनि जान्नु पर्छ । एउटै पोजिसनमा यौन सम्पर्क राख्दा यौन जीवन त्यति खुसी युक्त हुँदैन । त्यसैले यौन सम्पर्क अघि विभिन्न पोजिसनको ज्ञान हुनु जरुरी छ ।
७. तपाईंको प्रेम र कल्पना सुनाउनुहोस्
यौन सम्पर्कको लागि सबैभन्दा पहिले पार्टनरहरुबीचको कल्पना र प्रेमलाई एक अर्कामा अभिव्यक्त गर्ने कोसिस गर्नुहोस् । जसले मुड अफ भएकालाई पनि मुडमा ल्याउन सकिन्छ ।
८. आनन्द महसुस गर्नुहोस्
शारीरिक थकान मात्रै होइन । तपाईंले रमाइलो यौन जीवनको लागि मानसिक रुपमा पनि आनन्द महसुस गर्नुपर्छ । त्यसैले सबैभन्दा पहिले आनन्द महसुस गर्ने कोसिस गर्नुपर्छ ।
९. एक अर्कालाई तरंगित बनाउने
विशेषगरी यौनक्रियामा महिलाहरुमा बढी कम्पनयुक्त क्षमता बढी हुन्छ । पुरुषहरुमा कम्पन उत्पन्न गराएर यौन क्रियाकलापमा सहभागी गराउनु आवश्यक देखिन्छ ।
१०. हार नमान्नुहोस्
यदि तपाईंको कुनै पनि प्रयासबाट पनि यौन सम्पर्कमा सन्तुष्टि मिल्दैन भने पनि हार नखानुहोस् । यसको लागि यौन समस्याको कारण कारण निर्धारण गरेर त्यसको प्रभावकारी उपचार खोज्न सकिन्छ । त्यसैले कहिलै पनि हार मान्नु हुन्न ।
Discussion about this post