- उमेश कुमार साह
बोदेबर्साइन । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १३ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको प्रतियोगिता मंगलबार एक कार्यक्रमबीच समापन गरिएको छ।
डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख राम लखन मलाहको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको छ । खेलमैदानका लागि लगानी गर्ने भन्दै प्रमुख अतिथि मलाहले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ , झस्थानीयको सहयोगको अपेक्षा गरेको छु , मेरो क्षेत्रमा युवा खेलाडीहरुको लागि प्रत्येक वडामा खेलमैदान र जग्गा उपलब्ध भए पछि स्टेडियम पनि तयार हुन्छ प्रमुख मलाहले बताए ।
कार्यक्रमका विशिस्ट अतिथि डाक्नेश्वरी नगरपालिकाका नगर उप-प्रमुख मिरा यादवले भनिन खेलकुदको विकास गर्न नगरपालिकाका अलिकति पनि पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
स्थानीयवासीको सहयोग रहेमा नगरपालिकाको प्रत्येक वडामा खेलकुदको व्यस्थित मैदान तयार गर्न आफू प्रतिबद्ध रहने नगर उप-प्रमुख यादवले बताइन ।
त्यस्तै, डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष कुन्जीलाल चौधरी , यस वडाका वडा सदस्यहरु, पुर्व वडा अध्यक्ष युगेश्वर प्रसाद साह लगायतको स्थानीय बुद्धिजीवी , सल्लाहकार , स्थानीयवासी , प्रहरी प्रशासनलगायत हजारौं संख्यामा खेल प्रेमीको उपस्थितिरहेको थियो।
समापन खेलमा सिरहा, सप्तरी, र भारत बिहारको गरि जम्मा १६ वटा टिमको सहभागीता रहेको खेलकुदका समितिले बताए ।
१३ औं गोल्डेन क्रीकेट क्लब बनौलाका अध्यक्ष सुन्देश्वर प्रसाद साहको अध्यक्षतामा कार्यक्रम भएका थिए। आज भएको फाईनल खेलमा सप्तरीको ननकार र बिहारको पिपराहीबिचमा प्रतिस्पर्धा भएको थियो ।
गोल्डेन क्रीकेट क्लब बनौला सप्तरीको समितिगनको नामावली यसप्रकार रहेको छन अध्यक्ष सुन्देश्वर प्रसाद साह , उपाध्यक्ष – मो मुसा अन्सारी ,सचिब – राजेश कुमार मिश्रा , कोषाध्यक्ष – श्रवन कुमार चौधरी , सदस्य – महेन्द्र प्र साह , राजेन्द्र प्रसाद माझी , किसुन देव यादव तथा आजको कार्यक्रम संचालक यस क्लबका सचिब राजेश कुमार मिश्रले गरेको थियो । खेलमा हरिबलव माझी र मोहम्मद अमाउला अन्सारीले एम्पायरको भूमिका निर्वाह गरेका थिए ।
आज भएको फाइनखेलमा बिहारको पिपराही टीमको सान्दार जीत भएको छ । भने पिपराहि टीमका म्यान अफ दि म्याच कमाल खान घोषित भएको थियो।
Discussion about this post