मलंगवा । मधेश प्रदेशमा मिटरव्याज पीडितहरुले काठमाडौँसम्म पैदल यात्रापछि आन्दोलन गर्ने भएका छन् ।
आन्दोलन गर्न काठमाडौँ हिँडेका मिटरब्याज पीडितहरुले शुक्रबार साँझ सर्लाहीको लालबन्दीमा प्रदर्शनसमेत गरेका थिए ।
मधेश प्रदेशको सप्तरीबाट सुरु भएको पैदल यात्रा शुक्रबार साँझ सर्लाहीको लालबन्दी आइपुग्यो ।
लालबन्दी आइपुगेका मिटरब्याज पीडितहरुको मार्च अभियान लालबन्दीबाट शनिबार रौतहटतर्फ लाग्ने अभियानमा हिँडेका छन् ।
मिटरब्याज विरुद्धको सघंर्ष समिति नेपाल बर्दिवास देखि काठमाडौँसम्म मिटरब्याज विरुद्ध पीडितको मार्च पीडक साहु-महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलनको पैदल यात्रा सुरु गरेको छ ।
करीब ४/५वर्ष पहिलादेखि नै काठमाडौँमासमेत आन्दोलन गर्दा पनि निस्कर्ष ननिस्केको अपस्था छ । साथै तत्कालीन सरकारका सरोकारवालाहरुले मिटर व्याजीहरुविरुद्ध ठगी मुद्दा चलाउने भनेपछि केही मानिस नियन्त्रणमा परिसकेका छन् ।
तत्कालीन सरकारका सरोकारवालाहरुले मिटरव्याजी विरुद्ध लाग्ने बताए पनि कुनै ऐन,कानून बनाउनेतर्फ नलागेका कारण समस्या समाधान नभएको पीडितहरूको आरोप छ ।
उनले मिटरब्याज विरुद्धको संघर्ष समिति करीब २ सातासम्म हिँडेरै काठमाडौँसम्म पुग्ने र सरकारलाई घचघच्याउने अभियानमा छन् ।
त्यसपछि काठमाडौँमै आन्दोलन गर्ने उनीहरूले बताए । साहु-महाजनबाट लिएको मिटरब्याजको ऋणले उठिवास नै लाग्ने अवस्था भएपछि पीडितहरुले जिल्लामा आन्दोलन गरे ।
त्यहाँ थाकिसक्दा पनि केही नभएपछि संघीय राजधानी काठमाण्डौँ केन्द्रित आन्दोलन गर्ने तयारी गरेका छन् । मिटरब्याजका कारण किसानहरु मारमा परेको, उनीहरुको घर खेत नै गुमिसकेको अवस्थामा पनि मिटरब्याजी ठगहरुलाई कारबाही गर्न सरकारले कुनै तदारुकता नदेखाएको पीडितहरू बताउँछन् ।
बरु मिटरब्याजी पीडकहरू नै शानका साथ हिडिरहेको तर सरकारले उनीहरुलाई पक्राउ गर्न नसकेको भन्दै अभियान थालिएको छ ।
तराई-मधेशका साहु-महाजनले कपाली तमसुक बनाई थोरै पैसाको ऋण दिने तर धेरैको कागज बनाउने, ऋण चुक्ता गरिसक्दा पनि अझ धेरैको कागज देखाउने र असुली गरिरहने, भन्नेबित्तिकै पैसा नदिएपछि घरजग्गा नै रोक्का गर्ने, अदालतमा मुद्दा हाल्नेजस्ता अन्याय गर्दै आइरहेका छन् ।
विभिन्न प्रकारका धाकधम्की लगाउने लगायतका कारण आफुहरु घरमा बस्न सक्ने अवस्था नरहेकाले आन्दोलन मार्फत आफ्ना समस्या सरकारलाइ सुनाउन पैदल यात्रामा निस्केका पीडितहरुको भनाइ छ ।
Discussion about this post