मलंगवा : जिल्ला प्रहरी कार्यालय मलंगवाले भन्सार छलेर भारतबाट नेपाल भित्र्याईएका विभिन्न सामानहरु नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएकाे छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय तथा मातहतका विभिन्न ईकाईबाट गस्तीमा खटिएका प्रहरी टोलीले बरामद् गरेका ५ लाख ९९ हजार ९६५ रुपैंया बराबरकाे सामान मलंगवा भन्सार कार्यालय बुझाईएकाे प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए ।
भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा सामान ओसार्ने २ वटा भारतीय माेटरसाईकल र लत्ता कपडा, ब्याग, सुटकेश र पेय पदार्थ तथा किराना सामग्रीहरु रहेका छन् ।