काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला २०० रूपैयाँले बढेर ९५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापवाल सुन ९५ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९५ हजार रूपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि आज घटेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर १२३० मा कारोबार भइरहेको छ ।