विराटनगर : प्रदेश १ का तीन मन्त्रीले आइतबार बिहान सामुहिक राजिनामा दिएका छन्। सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन्। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रमा देखिएको विवादसँगै मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाइ पदमुक्त गरेको भोली पल्ट तीन मन्त्रीको सामुहिक राजिनामा आएको हो।