काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउण्टमा प्रतिबन्ध लागेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फलोअर्सको रेसमा विश्वकै नम्बर १ राजनेता बनेका छन् ।

उनी विश्वमा सबैभन्दा धेरै फलो गरिने राजनेता बनेका छन् ।

यो रेकर्ड पहिला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा थियो । अमेरिकी राष्ट्रपति ट्रम्पको निजी अकाउण्टमा ८८.७ मिलियन अर्थात् ८ करोड ८७ लाख फलोअर छन् ।

त्यस्तै भारतका प्रधानमन्त्री मोदीको ६करोड ४७ लाख फलोअर छन् ।