भक्तपुर, १२ माघ (मधेश टप) : कोभिड–१९ लगायत अन्य बिरामीको सेवामा सहयोग पु¥याउने उद्देश्यले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई भेन्टिलेटर, ह्विाल चियरलगायतका मेडिकल सामग्री प्रदान गरेको छ । रोटरी क्लब अफ मध्यपुरको समन्वयमा अस्पताललाई रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ जोन २ की असिस्टेन गर्भनर (एजी) रमा कँडेलले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई भेन्टिलेटर दुई थान, व्ह्विाल चेयर चार थान र अन्य मेडिकल उपकरण हस्तान्तरण गर्नुभएको हो ।

नगर प्रमुख श्रेष्ठले रोटरी क्लबले यसअघि पनि अस्पताललाई पिसिआर ल्याब मेशिन, मिर्गौलाका बिरामीका लागि डायलोसिस मेशिनलगायत उपकरण दिएको बताउँदै क्लबले मध्यपुरथिमिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो । रोटरी क्लब अफ मध्यपुरका संस्थापक अध्यक्ष सुरेन्द्रविक्रम प्रजापतिले रोटरी एउटा विशुद्ध सामाजिक संस्था भएकाले सधँै स्थानीय जनता र समाजको हितका लागि नगरपालिकासँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।