जनकपुरधाम : सिनुरजोडा स्थित जम्मा जम्मी कक्षा कोठा संख्या ४ वटा रहेकोमा एउटा कोठा वडा समितिको कार्यालय वडा नं. १ ले प्रयोगमा राखे पश्चात् केवल ३ वटा कक्षाकोठामा सिमित रहेका यस विद्यालयमा शिक्षक संख्या मात्र ३ वटा रहेका, यस विद्यालयमा विद्यार्थी संख्या १८० जना छात्रछात्राहरु मध्ये १०० जनाको नियमित उपस्थिति रहेका श्री महादेव प्रा. वि. सिनुरजोडामा स्थलगत भ्रमण तथा अबलोकन गर्दा के कुराको पुष्टि हुदैछ कि यहाका शिक्षा माथि राजनीतिक चरम लापरबाहीका जीवावशेष हालको अवस्थामा कायमै देखिन्छ । शिक्षा प्रतिको नवीन सोचयुक्त २१ शताब्दीमा समेत मानसिक रुपमा पछौटेपनाले ग्रसित यस वडामा आधुनिक्ताको विकासै नभएको भन्दा अतिश्योक्ति नहोला ।

समाजका अपरिहार्य विषय शिक्षालाई लथालिङ्ग पार्ने जुनसुकै निकाय समाजका ध्येयदृष्टिमा साँघुरो मनोदशाले निजी लाभमा परिलिप्त भइ प्राङगत रहेको पुष्टि हुन्छ ।

पूर्वाधार छैन, दक्ष जनशक्ति छैन, सरकार प्रदत सेवा सुविधा बाट जनसमुदाय वञ्चित रहन जान्छ, शौचालय र खनेपानीको सुव्यवस्था छैन, दलित प्रोत्साहन भत्ता छैन, विद्यालय बाहिर रहेका बालबालिकाहरुका निम्ति घरदैलो कार्यक्रम छैन, आकर्षित विधिको पठनपाठन कार्यक्रम छैन, दिवा खाजा कार्यक्रम प्रभावकारी छैन, व्यवस्थापक समिति तथा अनुगमन समिति छैन, अभिभावक भेला छैन सुधार कहँ बाट हुन्छ ? मेरो विचारले सम्बन्धित निकाय जिम्मेवार देखिन्छ हाम्रो समग्र पालिका र वडाको शिक्षाको स्तर खस्काउने निकृष्ट कार्य प्रतिको उत्तरदायित्व निर्वाह गर्नमा ।