जानकपुरधाम – मधेश को सबभन्दा लामो पदयात्रा परिक्रमामा नेपाल रजक सेवा समाजद्वारा जनकपुर कदम चोकमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सप्पन्न गरेका छन।परिक्रमाको क्रममा जनकपुर स्थित कदम चोकमा विभिन्न क्षेत्र बाट आएका श्रद्धालु तीर्थयात्री हरुलाई नेपाल रजक सेवा समाजले नि:शुल्क स्वास्थ्य शिविर गरेका छन।

विभिन्न स्वास्थ्य सामग्री को साथ सम्बन्धित चिकित्सक हरु द्वारा जनकपुर कदम चोक परिक्रमा क्षेत्र मा स्वास्थ्य शिविर संचालन गरि नि:शुल्क जाँच तथा नि:शुल्क औषधि वितरण गरि श्रद्धालु हरु लाई समाज का सहभागी समाज सेवी हरु डा: रामवरण रजक, शिवेश्वर रजक ,नरेन्द्र रजक, राजकुमार बैठा द्वारा सेवा दिएका थिए।

सेवा नै धर्म हो मुल नाराका साथ रजक समाज पटक पटक गरिब तथा बिपन्न परिवार हरु लाई सेवा र सहयोग गर्दै आएकोछ। समाज हाल साउदी कतार दुबई मलेशिया भारत तथा नेपाल मा क्रियाशिल  रहेको महासचिव नर्सिङ रजक जानकारी गराएका हुन।