मधेश टप डेस्क,

जनकपुरधाम :  शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आ छापावाला सुन तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार १ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।