काठमाडौँ ४ जेष्ठ (मधेश टप):  भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित वडा नम्बर–६ मा रहेको बालवन बालखोलामा जेठ १ मा एकजना पुरुषको शव भेटियो ।

करिब ३० वर्षका पुरुषको शव घोप्टो परेको अवस्थामा भेटिएको थियो । शरिरमा कपडा थिएन, टाउको खोलामा डुबेको थियो ।

सो शवको पहिचान अझै खुल्न सकेको छैन् । शवको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।

मृतकको शरिरमा बाहिरी चोटपटक देखिएको छैन । कपडा केही मिटर खोला किनारमा प्रहरीले भेट्टाएको छ । शव पोष्टमार्टमका लागी दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ ।

मंगलबार शवको पोष्टमार्टम गरिने एसपी थापा​ले बताइन् ।