जनकपुरधाम :  माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनको टुङ्गो लागेपछि मात्र   नयाँ शैक्षिक सत्रबारे निर्णय हुने भएको छ ।

एसईईले समग्र शैक्षिक कार्यक्रम नै प्रभावित पार्ने भएकाले नयाँ शैक्षिक सत्रबारे निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केही समय पर्खने भएको हो ।मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिक सत्र असार  देखि प्रारम्भ गर्ने निर्णय सरकारले गरे पनि कोरोना महामारीका कारण अवस्था फेरि नसक्ने बताए ।

सङ्क्रमण कसरी जान्छ भन्ने आधारमा नै धेरै कुराको टुङ्गो लाग्ने     उनको भनाइ  छ । एसईईबारे अध्ययन जारी एसईई परीक्षा सञ्चालन सम्बन्धमा अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्डबाट गठित कार्यदल अध्ययन र सुझाव  सङ्कलन गर्ने क्रममै रहेको जनाइएको छ ।
गोरखापत्र दैनिक बाट