काेभिड १९ काेरना भाईरसले देश अाक्रान्त भएको समयमा खाद्यान्न देखि दैनिक उपभाेग्य सामाग्रीहरुमा बजारको अवस्था के कस्तो रहेकाे छ भन्ने बिषयमा अाज अनुगमन गरिएको हाे ।
Open Photo
अनुगमन बझाङ जिल्लाकाे सदरमुकाम चैनपुर बजारमा खाद्यान्न बस्तुकाे र अन्य उपभाेग्य सामाग्रीहरुकाे मृल्यबृदी गरेको जनगुनासाे र म्याद गएका सामाग्री विक्रि बितरण गरेको भन्दै बजारमा रहेका विभिन्न ठुला साना पसलमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएकाे हाे ।
Open Photo
बजारमा साहयक प्रमुख जिल्ला अधिकारी बिष्णु प्रशाद सुवेदीकाे नेतृत्वमा विभिन्न निकायले अनुगमन गर्दै लाखौंको म्याद गएकाे सामाग्री कवजामा लिएकाे र मृल्य बृद्वि गरेर बेचविखन गरेकाे पाईएमा कडा भन्दा कडा कार्वाही गरिने साहयक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
अनुगम टाेलीले न्यू मल्ल स्टाेरवाट स्वयविन ३० पाकेट कुरकुरे १ पेटी रुवेश सपलायर्स बाट निला कुमारी थापा बिष्टकाे पशल बाट माउन्टेन विम ८ पिस मिरिन्डा सानाे ६ पिस ठुलाे ४ पिस सनपापडी १ डिव्वा ,छुर्पी ८ पाकेट यसैगरी सुर्मा किराना पशल,एडी किराना पशल,धाैलदेव तरकारी तथा किराना पशल लगाएत धेरै स्थान बाट अनुगम गर्दै लाखौंको सामाग्री नियन्त्रणमा लिएर नष्ट गरिएकाे बताएकाे छ ।
Open Photo
कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुमा मनाेमानि तरिकाले मूल्य वृद्धि गरि कालाे बजारि गरेमा कानुनि कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।