१८ जेठ काठमाडौं : युनिभर्सिटी अफ एडिनबर्गका रिसर्चस् हरुले क्यान्सर निको पार्ने औषधिको सफल परीक्षण गरेका छन् ।

” ट्रोजन हर्स ” नामको उक्त औषधिले स्वास्थ सेलहरुलाई केही असर नगरी खाली क्यान्सर र ब्याक्टेरिया सेललाई मार्न सक्छ ।

जेब्रा फीस र ह्युमन सेलमा परीक्षण गर्दा उक्त खोज पत्ता लागेको हो र अझै बजारमा आउनु अगाडि यस औषधिको थुप्रै परीक्षण गर्नुपर्ने छ।

जर्नल अफ नेचर कम्युनिकेसनमा प्रकाशित उक्त खोजले क्यान्सर पीडित र सबैलाई क्यान्सर रोगसँग सजिलै लड्न सकिन्छ भन्ने ठूलो आशा जगाएको छ ।