मधेश टप विराटनगर : विराटनगर महानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गर्ने भएको छ । कोभिड १९ (कोरोना भाइरस) को दोस्रो लहर समुदायमै फैलिसकेको भन्दै महानगरपालिकाले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि समुदायस्तरमै आगामि ३० गतेसम्म एन्टिजेन परीक्षण गराउने भएको हो ।
गाँउ वस्तिका जनताको सहजताका र समुदाय स्तरमा फैलिइरहेको संक्रमणको नियन्त्रणका लागि गाँउटोलमै पुगेर एन्टिजेन परीक्षण गर्न थालेको महानगरपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ ।
विराटनगर महानगरका कोभिड संयोजक हैदर अलीद्वारा जारी सूचनाका अनुसार परीक्षण बिहान ११ बजेदेखि संचालन हुने छ । परीक्षणका लागि सम्बन्धीत वडाको जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा केश इन्भेष्टिगेसन तथा कन्ट्र्याक टे«सिङ फेकल पर्सन रश्मी निरौला र प्रवेशिका गुप्तालाई सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।
नगरपालिकाले विराटनगर महानगरपालिका १५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र रानी र विराटनगर महानगरपालिका ९ स्थित आदर्श स्कुल साइन्स ब्लकमा र जेष्ठ नागरिक तथा अशक्त अपाङ्ग र गर्भवती महिलाहरुका लागि मोबाईल स्वाब भने नियमित रुपमा दैनिक ११ बजेदेखि संचालन हुने पनि जनाएको छ ।