मधेश टप डेस्क,

जनकपुरधाम । समाजबादी युवा संघका केन्द्रीय सदस्य तथा जनता समाजवादी पार्टीका नेपालका लेखा अधिकृत सुरेन्द्र अधिकारीले जसपाका केन्द्रीय सदस्य डा. सुरेन्द्र झामाथि तन्ज कसेका छन् ।

शनिबार केन्द्रीय सदस्य डा. झाले आफ्नो फेसबुकमा मन्त्रीमण्डल विस्तारपछि नव नियुक्त जसपाका मन्त्रीहरुलाई बधाई तथा स्वागत कार्यक्रम राखिएको भन्दै केन्द्रीय कार्यालय बबरमहल भनेर उल्लेख गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यालय ललितपुर जिल्लाको बालकुमारीस्थित रहेको भएपनि महन्थ–राजेन्द्र खेमाका डा. सुरेन्द्र झाले पार्टी कार्यालय बबरमहल लेखेपछि सो सन्दर्भमा स्थान प्रष्टयाउन आग्रह गर्दै व्यँग गरेका छन् ।

यसका साथै, केही दिन अघि सरकारमा जानलाई लोभित भएका महन्थ ठाकुर र राजेन्द्र महतोले एक पत्र जारी गरी कोरोना महामारीको कारण देखाउँदै कार्यालय बैठक स्थगित गरेको भन्दै अहिले मन्त्री बनेपछि कोरोना नलाग्ने भनेर प्रश्न आम जनताले तेर्साएका छन् । केहीदिन अगाडि मात्र महन्थ ठाकुरले कोभिडको कारण देखाउँदै अध्यक्षस्तरीय र छलफलको लागि तोकिएको आन्तरिक बैठकलाई स्थगीत गरेका थिए।

अहिले एक ठाउँमा मन्त्रीगण र उनका कार्यकर्ताहरु, शुभेच्छुकहरु जम्मा हुनेभएका छन। लेखाअधिकृत अधिकारीका अनुसार पार्टीको केन्द्रीय कार्यालय बालकुमारी ललितपुर वाडा ८ मा रहेको जानकारी दिए।