इटहरी ३० जेष्ठ: सुनसरीको इटहरी २० तरहरामा माछा मार्ने क्रममा श्रीमान श्रीमतीकै मृत्यु भएको छ ।

आफ्नो तीन बर्षको नानी सुतेको बेला उनीहरु माछा मार्न गएका थिए। रोयल फर्निचर इटहरीमा काम गर्ने रौताहा गाउपालिका उदयपुरका २५ बर्षिय हेमशेर राई र २२ बर्षीय निजकी श्रीमती शर्मिला राईको मृत्यु भएको इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले ।

मध्यरातमा खार्सला पैनीमा माछा मार्ने क्रममा करेण्ट लागेर मृत्यु भएको जनाईएको छ । अहिले प्रहरीले लास पोष्टमाटमको लागि लैजाने तयारी गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

फोटो : धनगडी खबर वाट