चितवन, ३० जेठ : चितवनमा जारी निषेधाज्ञा उल्लंघन गर्ने ९ जना होटल तथा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ ।

चितवनस्थित केन्द्रीय बस टर्मिनल क्षेत्रमा पटक–पटक सचेत गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लंघन गरि होटल तथा पसल संचालन गर्ने ९ जना लाई नियन्त्रण लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।