बिनोद मण्डल ४ आषाढ :

मधेश टप: नेपालमा मौलिक हकको कानूनमा व्यवस्था गरिएको छ जसलाई दुरुपयोग गरिएको घटना नसुनिएको होइन । नेपालीको सहनी बानी र राजनेताको काचुली फेर्ने बानीले देश द्वन्दमा जानु स्वाभाविक हो ।

वर्गीय ,जातिय , क्षत्रिय मुद्दा उठाएर जातिय द्वन्द देशमा भड्काएर विगतमा अाम मानिस सडकमा आएर अनेकन प्रकारका आन्दोलन गरेर थोरै भएपनि अधिकार प्राप्तिको लामो लडाइँमा सफलता मिलकै भन्नु पर्छ ।

भनिन्छ देशमा शान्ति भयेन भने विकास रोकिन्छ । देशको करिब 50 प्रतिशत जनसंख्या ओगटेको मधेशमा बस्ने मधेश मुलक नेपालीले विगतमा शाषक वर्गबाट पीडित र शोषित भएको इतिहास ताजा रहेको छ ।

आफ्नो हक अधिकारको लागि बोल्ने मधेशीलाई विभिन्न आरोप लाग्ने गरेको तीतो यथार्थ हामीसँग छ ।

आफ्नो ड्युटीमा खटिएको मधेश मुलक मनिकान्त झालाई कथित सामाजिक अभियन्ता ज्वाला संग्रौलाले प्रहरी चौकिभित्र प्रहरीकै अगाडि ” मधेशी ” मधेश जा , खेती किसानी गर ,भन्दै ज्वाला संग्रौलाले बोलिरहँदा अरु मौन बसेर उनले बोलेका शब्द सुनिरहनु र झाको सरुवा हुनु । रंगभेदी नियतले बोल्नु ।

न्याय पाउनु सट्टा सरुवा गरेर घटनालाई ढाकछोप गरेर पीडितले न्याय नपाउनु अनि गृह प्रशासनलाई आफ्नो कब्जामा लिए जस्तो बोल्नु कहाँसम्म जायज मानिन्छ ।

न्याय र स्वतन्त्रता दिन नसक्ने देशलाई कथित अराजक तत्वको बहावमा बग्न दिने अनि मधेश मुलक जनतालाई दोश्रो नजरले हेर्नु कानुनको धज्जी उडाउने चाहना हो ।