मधेश टप

७ असार, काठमाडौं : आज निर्जला एकादशी । सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राखेका छन् ।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ छर्ने गरिन्छ ।

यसरी छरिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।तुलसीलाई धार्मिक र सांस्कृतिक हिसाबले मात्रै नभई पर्यावरणीय हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ ।

यो चार महीनाको अवधिलाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

आज पानीसमेत नपिई व्रत गर्नाले फल पाइने शास्त्रीय मान्यता रहेको छ ।

आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ ।वैज्ञानिक हिसाबले पनि उपयोगी वनस्पती तुलसीमा धेरै अक्सिजन पाइने हुनाले मान्छेलाई अन्तिम अवस्थामा पनि तुलसीको मठ नजिक लाने गरिन्छ। यस्तै, औषधिको हिसाबले पनि तुलसीलाई महत्त्वपूर्ण वनस्पतिको रुपमा लिइन्छ । तुलसीमा धेरै प्रकारको रोग निवारण गर्ने शक्ति हुने आयुर्वेदका अध्येताहरू बताउँछन्।

निर्जला एकादशीका दिन व्रत बस्ने चलन छ । यसलाई भिम एकादशी पनि भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन हरिशयनी एकादशी मनाउने गरिन्छ । घरआँगनमा रहेको तुलसीको मठ तथा गमलामा विधिपूर्वक तुलसीको बिरुवा रोपिन्छ । तुलसीलाई भगवान विष्णुको अवतारका रुपमा लिएर पुजा गर्ने परम्परा छ ।

तुलसीका फाइहरू  

  • धेरै दिसा लागेमा केही तुलसीको पातसँगै जाइफल पिनेर खाएमा ठिक हुन्छ ।
  • आउँ तथा शुल परेमा तुलसीको करिब १० वटा पात मिश्रीसंग पिनेर खाने गरेमा ठिक हुन्छ र आवश्यकता परेमा एक हप्तासम्म खानपर्छ ।
  • दिशामा रगत आएमा १–२ चम्चा तुलसीको गेडा आधा ग्लास पानीमा बेलुका भिजाएर बिहान खाने गरेमा ठिक हुन्छ ।
  • घाँटी बसेमा घाँटी बसेर बोल्नै नसक्ने भएको छ भने १०–१२ पात तुलसी र ४–५ दाना मरिच मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बसेको ठिक हुन्छ ।
  • तुलसीको पातलाई पानीमा पकाएर काँढा पिउँदा ज्वरो कम हुन्छ ।
  • तुलसीले रगतमा यूरिक एसिडको स्तर घटाएर मिर्गाैलालाई स्वस्थ राख्छ ।
  • तुलसीले रक्तचाप, कोलेस्ट्रोल नियन्त्रणमा राखेर मुटुलाई पनि स्वस्थ राख्छ ।
  • तुलसीको दलको माला बनाएर लगाउँदा तनाव कम हुन्छ ।, थाईमोलले छालासम्बधी समस्या समाधान हुन्छ । यसले रगत सफा गरेर अनुहारमा कान्ति ल्याउँछ ।
  • दिनदिनै तुलसीको चार पाँच वटा पात चपाउँदा माइग्रेन सम्बन्धी समस्या कम हुन्छ ।, तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले प्यानक्रियाटिक बिटा सेल्सलाई सक्रिय बनाउँछ। इन्सुलिन सेन्सिटिभिटी बढाउँछ । ब्लडमा सुगर कम गर्दै मधुमेह पनि नियन्त्रण गर्छ ।