दाङ, साउन २८। दाङको पश्चिम राप्ती नदीमा निरन्तर वर्षा पछि पानीको वहाव खतराको तह जनिक पुगेको छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गर्दै नदीमा खतराको तह ६ दशमलव २ मिटर रहेको र ६ दशलव १ मिटरसम्म पानीको वहाव पुगेको जनाएको छ।

सूचनामा प्रमुख जिल्ला अधिकारी रामबहादु कुम्बाङले नदी तटीय क्षेत्रका बासिन्दालाई तसर्त रहन आग्रह गर्नुभएको छ । उहाँले जिल्लामा निरन्तर वर्षा भइरहेकाले नदीमा काठ, दाउरा निकाल्न नजान आग्रह गर्नुभएको छ।
यता जिल्ला हावापनी फिल्ड कार्यालय घोराहीले नदीमा खतराको तह पार गरेको र घतराको घण्टी बजाइएको जनाएको छ। कार्यालयले दिएको जानकारी अनुसार दाङमा वितेको २४ घण्टामा ६८ दशमलव ५ मिलिलिटर पानी परेको छ।