सप्तरी । तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको छ ।

निरन्तरको वर्षाका कारण सप्तरीको तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो।

आज बिहान जीता नदीको बाँध भत्किँदा एकैगाउँका १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए ।

उनका अनुसार नदीको पश्चिमी तटबन्ध भत्किँदा बाढी सिधै बस्तीमा पसेको छ । बाढी बस्तीमा पसेपछि गाउँपालिका अध्यक्ष सतिष सिंहसहितको टोली त्यसतर्फ गएको झाले बताए ।