काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रिदर ११९ रुपैयाँ २७ पैसा रहेको जनाएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रिदर १४० रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ १२ पैसा र बिक्रिदर ९४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।