जनकपुरधाम – शित भण्डारको निमार्णमा धनुषाका किसानहरुले लगाएको चार करोड रुपैया भुक्तानी नदिएर भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव सम्झना कुमारी काफले फरार भएकि छिन ।

शित भण्डार निमार्णका लागि धनुषामा जनहित कृषण समुह जनकपुरधाम संग प्रदेशका भुभी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २०७६ जेष्ठ २९ गते करिव १६ करोड १० लाखमा सम्झौता गरे निमार्ण कार्य सुरु गरियो । कार्य सुरु भएको १ वर्ष पछि मिति २०७७ अषाढ १८ गते कृषक समुहले प्रारम्भीक निमार्ण कार्यका लागि मन्त्रालयसंग भुक्तानी माग्दा सचिवले भुक्तानी प्रक्रियालाई रोकनका लािग ठाडो आदेशनै जारी गरेको छ ।

यता सो निमार्ण कार्यका लागि समुहसंग जुडेका १सय २५ सदस्य ऋण काढेर ४ करोड जती लगानी लगाईसकेको अवस्थामा भुक्तानी समयमै नपाउदा किसानहरु साहुसंग लिएको ऋणको सावा व्याज तिर्नमै आफनो सम्पुर्ण कमाई खर्चेको देखिएको छ ।
भुक्तानी गर्नका लागि सवै निकायले मंजुरी दिइसकेको तथा मन्त्रालयका मन्त्रीले समेत सचिवलाई निदेर्शन दिदै भुक्तानीको प्रक्रिया पाचदिन भित्र पुरा गर्नका लागि आदेश दिएपनि सचिवले अटेरी गर्दै भुक्तानी रोक्का गरेका छन ।

भुक्तानी सम्वन्धि वुझनका लागि मिडिया सोधपुछ गर्न थालेपछि सचिव काफले मन्त्रालय आउननै छोडेकि छिन भने भुक्तानी सम्वन्धि कुनै फैसलाका लागि आफनो निर्देशन विना कुनै कार्य नगर्न समेत निर्देशन दिएकि छिन । यता सचिव अनुपस्थितको सम्वन्धमा मन्त्रालयसंग सम्पर्क गर्दा सचिव काठमाण्डौ गएको उनकै सचिवालयले वताउछन ,काठमाण्डौ गएपनि फोन सम्पर्कमा आउन चाहेका छैनन ।