अफगानिस्तान । अफगानिस्तानमाथि कब्जा जमाएपछि तालिबानले हालसालै महिलाको अधिकार सुरक्षित गर्ने दाबी गरेको छ । तर तालिबानी हमलामा ज्यान बचाएकी एक महिलाले निकै विभत्सव घटना सुनाएकि छिन्, जुन तालिबानले भनेभन्दा ठिक विपरित छ । ती महिलाका अनुसार तालिबानको सजायमा महिलाकाे शरीरु कुकुरलाई खुवाइन्छ ।

एक टिभी च्यानलको रिपोर्ट अनुसार अफगानिस्तानको गजनी प्रान्तमा अघिल्लाे वर्ष तालिबान लडाँकुले ३३ वर्षीय खतेरालाई गोली हानेका थिए । यस हमलामा उनी बल्लतल्ल बाँचिन् । खतेराका अनुसार तालिबानको नजरमा महिला केवल मासुको पुत्ला हो, जसमा जीवन छैन । उनीहरुलाई केवल मारिन्छ, पिटिन्छ । हमलापछि उनको आँखा निकालियो । उनी नोभेम्बर २०२० मा दिल्लीमा आफ्नो उपचार गराउन पति र बच्चाको साथमा बसिरहेकी छिन् ।

उनको पीता तालिबानका एक पूर्व लडाँकु थिए, जसले उनीमाथि हमलाको षडयन्त्र रचेका थिए । खतेरा अफगानिस्तान प्रहरीमा नोकरी गर्थिन् । तालिबानले गत वर्ष अक्टोबरमा तालिबानले उनीमाथि नराम्रोसँग कुटपिट गरेको थियो, जतिबेला उनी दुई महिनाको गर्भवती थिइन् । नोकरीबाट घर फर्कने क्रममा उनलाई तालिबानी लडाँकुले रोके । उनीहरुले पहिले उनको आइडी चेक गरे र गोली हाने । उनको शरीरमा आठ गोली लाग्यो । चारैतिर चकु प्रहार गरे । जब उनी बेहोस् भइन् तब तालिबानले उनको आँखामा चकुले प्रहार गरेर मर्नका लागि छोडिदिए ।

खतेरा भन्छिन् – ‘तालिबान पहिले हामी महिलालाई प्रताडित गर्छ र सजायका रुपमा हाम्रो शरीरमाथि हमला गर्छन् हतियारले । कहिलेकाहीँ हाम्रो शरीर कुकुरलाई पनि खुवाउँछन् । म भाग्यशाली थिएँ, यसकारण बाँचेँ । अफगानिस्तानमा तालिबानको शासनमा रहनुपर्छ । कल्पना गर्न पनि मुश्किल छ कि त्यहाँ महिला, बालबालिका र अल्पसंख्यकमाथि के के अत्याचार भयो ।’

खतेराका अनुसार उनको उपचारका लागि काबुल या दिल्ली जान सम्भव थियो । किनकी उपचारका लागि उनीसँग पैसा थियो । तर सबैसँग यो मौका हुँदैन, आर्थिक अवस्था कमजोर हुनेहरु उपचार गर्न सक्दैनन् ।

त्यहाँ महिला वा अन्य जोकोही तालिबानको कुरा मान्दैनन्, उनीहरु सडकमा मारिन्छन् । यद्यपी तालिबानले पत्रकार सम्मेलनमा इस्लामी कानूनमार्फत् महिलाको अधिकार सम्मान गर्ने दाबी गरेको थियो । साथै आफ्नो विरोध गर्नेलाई माफी दिने र सुरक्षित अफगानिस्तानको घोषणा गर्ने बताएको थियो ।