काठमाडौं । भक्तपुरमा आफूलाई विल उठाएको भन्दै एक युवकले रेष्टुरेन्टमै प्रेसरकुकर बम जस्तो अकृतिको वस्तु राखेर हिडेको खुलेको छ ।

भक्तपुरस्थित ठिमीको दिव्यश्वरी गेस्ट हाउस एण्ड रेष्टुरेन्टमा ती ग्राहकले आफूलाई विल तिराएको भन्दै बम जस्तै आकृतिको वस्तु राखेर हिडेको प्रहरी अनुशन्धानबाट खुलेको हो ।

भक्तपुर प्रहरीका अनुसार शनिबार राति बम जस्तो वस्तु रेष्टुरेन्टकै प्राङ्गणमा भेटिएपछि संचालले खबर गरेका थिए । प्रहरीले पनि शंकास्पद वस्तु नै हो भन्ने ठानेर शनिबार राति झण्डै ११ बजेतिर नेपाली सेनालाई खबर गरिएको थियो ।

त्यसपछि नेपाली सेनाको टोलीले उक्त बम जस्तो देखिने वस्तु डिस्पोज गरेको थियो । डिस्पोज पछि हेर्दा प्रेसर कुकरलाई बमको स्वरुपमा पाईएपछि सबै चकित बनेका थिए । तर उक्त वस्तु कस्ले राखेको भन्ने खुलेन ।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दा सोही रेष्टुरेन्टमा केहीदिन बसेर गएका युवकलाई शंका शंका गर्यो। उनले होटल संचालकसँग झगडा गरेको पनि खुल्यो । उनी थिए, काभ्रेका रवीन तामाङ । त्यसपछि उनलाई सोधपुछ गर्दा उनले प्रहरीसामु आफूले नै त्यो बम जस्तो बनाएर कुकर राखेको स्वीकारेको प्रहरीको भनाइ छ ।

उनले आफूले मादक पदार्थ पीएको बेला रेष्टुरेन्ट संचालकसँग झगडा गरेको र तर्साउन बम जस्तो देखिने वस्तु राखिदिएको प्रहरीसामु बताएको बताइएको छ ।

उनलाई पक्राउ गरि थप अनुसन्धान जारी राखेको भक्तपुर प्रहरीले जनाएको छ ।