सप्तरी । सुरुङगा नगरपालिका ४ कदमाहमा सावरी दुर्घटनामा हुँदा एक बालिकाको मृत्यु भएको छ ।

सप्तरीको सुरुङगा नगरपालिका ४ कदमाहमा गएराती सावरी दुर्घटनामा हुँदा एक बालिकाको मृत्यु भएको हो । सोही दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका ४ का आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुकाको रहेको छ भने, घाइते हुनेमा ट्रक चालक आशाराम, श्रीमती चन्द्रकला र छोरा आशिष चौधरीको रहेका छन् । उनीहरुको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६९५६ नंको तेल ट्याङ्कर सुरुङ्गा नगरपालिकास्थित दिलीप एण्ड ब्रदर्श पेट्रोलपम्प नजिक रोकिराखेको अवस्थामा सोही दिशातर्फ जाँदै गरेको ना८ख ३४२२ नको ट्रकले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । टयाङ्कर चालक तत्काल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।