धनुषा । नुषाको पुष्पलपुरमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन् ।

पूर्व पश्चिम राजर्ग अन्तर्गत धनुषाको पुष्पलपुरमा मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका हुन् ।

मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका९१२ बस्ने २९ वर्षिया ममता यादव छ भने घाइते हुनेमा मोटरसाइकल चालक ३५ वर्षिय द्वारिका प्रसाद यादव रहेको प्रहरीले जनाएको छ ।

मंगलबार अपराहन्न पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश २-०१-००१प ८५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पछाडि सवार श्रीमती सडकमा लडेपछि विपरित दिशाबाट जाँदै गरेको बा.५ ख.६०८७ नम्बरको हायसले किचिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सडकमा रहेको खाल्डोको कारण दुर्घटना भएको भन्दै स्थानीहरूले पूर्वपश्चिम राजमार्ग केहि बेर अवरूद्ध गर्दै टायरबालेर प्रदर्शन गरेका छन् । सो क्रममा मृतकको शव उठाउने क्रममा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनकारीको भीड नियन्त्रण गर्न प्रहरीले १९ राउण्ड अश्रुग्यास र २ राउण्ड हवाई फायर प्रहार गरेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरिक्षक प्रदीप सुवेदीले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ ।