सप्तरी । नेपाली बजारमा सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९१ हजार २०० रूपैयाँमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमवार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मुल्य ५ रुपैयाँले घटेको छ । सोमवार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ५ मा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।