सप्तरी । नहरमा डुवेर एक युवकको मृत्यु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा न. २ सकरदही स्थित पश्चिमी नहरमा डुवेर एक युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हनुमानगर कंकालनी नगरपालिका वडा नं.१ भारदह लपटोलियाका गंगा राम ईसरको अन्दाजी २४ बर्षीय छोरा लक्षमण कुमार ईसर रहेको सप्तरी प्रहरीले जनाएको छ ।

मलेसियामा सात बर्ष बसाइपछि १५ दिन अगाडी मात्रै घर आएका लक्षमण साथीहरु संग भेटघाट पछि उनी नहरमा दिशा गर्न गएका थिए । दिशा गर्न गएको बेला नहरको डिलबाट लडेर उनको नहरमा नै डुवेर मुत्यु भएको हुन सकिने स्थानियबासीले जनाएको छ ।

उनको ज्यान गएपछि छरछिमेक सहित पुरै गाउँ नै शोकमा परेका छन । मृतक युवकको शव स्वास्थ्य परिक्षणको लागि राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पतालमा ल्याएको छ ।