सप्तरी । नेपाली बजारमा सुनको मूल्य १ सय रूपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९० हजार ९ सय रूपैयाँमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहीबार छापावाला सुन मुल्य प्रतितोला ९० हजार ८ रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मुल्य १० रुपैयाँले घटेको छ । बुधवार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११ सय ९५ मा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।