सप्तरी । नेपाली बजारमा सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा बारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार छापावाला सुन मुल्य प्रतितोला ९० हजार ९ रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मुल्य ३५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ३० मा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।