महोत्तरी : महोत्तरीको मनरा सिस्वा  नगरपालिका वडा न.४ साढा  स्थित श्री मुन्सिफ  मा.वि साढामा र सम्सी गाउँपालिका ४ स्थित गैरहा  भेटपुरमा साइकल बितरण गरिएको छ। मंगलबार भएको एक समारोह आयोजन गर्दै कक्षा ८ क छात्राहरुलाई प्रदेश-२ सरकारको बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत साइकल बितरण गरियो।

कक्षा ८ तह अध्यनरत मुन्सिफ  मा.वि साढामा ६२ र गैरहा  भेटपुरमा ४० जना छात्रा हरुलाई मुख्य अतिथि डा. सुरेन्द्र कुमार यादवद्वारा  साइकल बितरण गरिएको छ। सोहि क्रममा विशेष अतिथि पुर्व कानुन राज्य मन्त्रि सरोज सिंह कुशवाहाले  यस अभियानको प्रशंसा गर्दै यसलाई प्रभावकारी बनाउने भने समेत भन्नुभएको छ समेत प्रधानाध्यापक साहले बताए ।

उहाले भन्नुभो साइकल बितरण गरि छात्राहरु को पहुचमा शिक्षाको ब्रिधि हुने समेत भन्नु भयो।

प्रधानअध्यापक , पालिका प्रमुख लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भयों।