सप्तरी । नेपाली बजारमा सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

मंलवार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ४ रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य १० रूपैयाँले घटेको छ । मंलवार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।