सप्तरी । नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रवार छापावाला सुन मुल्य प्रतितोला ९०हजार ७ रुपैयाँमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य २० रूपैयाँले घटेको छ । शुक्रवार प्रतितोला १२ सय १५ रुपैयाँ बारोबार भएको चाँदीको मुल्य आज ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।