काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने भएको छ ।

राष्ट्र बैंकले असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको हो । सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण भयएको उनले जानकारी दिए। यसका लागि अधिकांश बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले बताए ।

राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोटल वितरण गरेको भने थिएन । यस वर्ष कोरोना सङ्क्रमण घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । प्रवक्ता ढकालले प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने बताए ।