नवलपरासी । पूर्बी नवलपरासीको पूर्ब पश्चिम राजमार्गको गैँडाकोटमा सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।

पूर्बी नवलपरासीको पूर्ब पश्चिम राजमार्गको गैँडाकोटमा आज विहान ४ वजे सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको हो । सोही दुर्घटनामा परि २४ जना घाईते भएका छन् ।

मृत्यु हुुनेमा बर्दिया बाँसबारी नगरपालिका ८ बस्ने बर्ष ७० की योगमायाँ सुबेदी, कन्चनपुर बस्ने बर्ष ४० की रंगी तिरुवा र कन्चनपुर महेन्द्रनगर झलारी बस्ने बर्ष ३५ का कृष्ण राना रहेको प्रहरीले जनाएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सुदुर पश्चिम प्रदेश–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्नको जिल्ला प्रहरी कार्यालय पूर्बी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।