सप्तरी । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

सोमबार ९० हजार १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि आज स्थिर रहेर प्रतितोला १२ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।