रौतहट । रौतहटमा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ ।

मृत्युु हुनेमम रौतहटको कटहरिया नगरपालिका वडा नं.६ बस्ने रामकलेश महतोको छोरी बर्ष १० की निशु कुश्वाहा र वृन्दाबन नगरपालिका २ बस्ने जंग बहादुर पटेलकि १४ वर्षीया छोरी मुस्कान कुमारी छन् ।

बिहीबार दिउँसो रौतहट जिल्लाको देवाही गोनाही नगरपालिक ७ स्थित जगरनाथ राय यादवको निर्माणाधिन पोखरीमा घोंघी टिप्ने क्रममा दुबै बालिकाको डुबेर मृत्युु भएको रौतहटका प्रहरी प्रमुख विनोद घिमिरेले टुडेपाटीलाई जानकारी दिए ।

दुबैजनाको शव घटनास्थलको मुचुल्का गरि पोस्टमार्टमको लागि गौर अस्पताल लागिएको जनाएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।