महोत्तरी । महोत्तरी जिल्लाको मनरा सिस्वा नगरपालिकामा  रहेको श्री जनता माध्यमिक विद्यालय वडा नम्बर ५ कटैयामा आज साईकल वितरण र संसदिय बजेटबाट बनेकाे चारकाेठे भवनकाे उदघाटन गरिएको छ ।

बेटी पढाउँ बेटी बचाउँ कार्यक्रम अन्तर्गत प्रदेश नं. २ सरकार द्वारा ८ कक्षामा अध्ययनरत छात्राहरुलाई साईकल प्रदान गर्ने कार्यक्रम अन्तर्गत सो मा.वि.मा अध्ययनरत ७१ एकहतरी जना छात्राहरुलाई साईकल वितरण गरिएको कुरा संघिय परिषद सदस्य दिपक झा गुडुले बताए ।

यसै वीच महाेतरी क्षेत्र नम्बर ४ का सांसद डा सुरेन्द्र कुमार यादवले संसदिय काेषबाट दिएकाे रु ५०लाखकाे लागतमा बनेकाे विद्यालयकाे चारकाेठे भवनकाे आज विद्यालयमा आयोजित एक समारोह वीच सांसद डा सुरेन्द्र कुमार यादव र पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री एवं प्रदेश सांसद सराेज सिंह कुशवाहाले संयुक्तरूपमा फिताकाटी उदघाटन गर्नु भयाे ।

विद्यालयमा पठन पाठनमा समस्याभइरहेकाे देखेर सांसद यादवले संसदिय काेषबाट दिएकाे रु ५०लाख मध्येबाट रु ४५लाखमा मात्र भवन निर्माण भएकाे जनाएकाे छ । विद्यालयकाे भवन उदघाटन गर्ने अवसरमा विद्यालयमा कक्षा ८मा पढने छात्राहरुलाइ साइकल वित्रन गरिएकाे छ ।

पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री कुश्वाहाले साईकल वितरणले छात्राहरुमा शिक्षा प्रति उत्साह जागिने कुरा बताउनु भयो ।

जबसम छाेरीहरु समाजमा शिक्षित हुदैन तबसम समाजकाे विकास हुन सकिँदैन सांसद कुश्वाहाले बताउनु भाे ।

पुर्व राज्यमन्त्रि  कुश्वाहाले विभिन्न देशका उदाहरण देखाउदै महिलाहरु देश हाकने देखि लिएर संसारकाे नेत्रृत्व गर्ने क्षमताबान रहेका छन भनी छात्राहरुलाइ बाेल्दै हाैसला बढाउनुभाे ।

समाजमा पहिलादेखि छाेरा र छाेरी प्रति हुँदै गरेकाे गलत साेच र मांसिकतालाइ त्यागी दुबैजनालाइ समानरुपमा पढाउन कार्यक्रमा उपस्थित अभिभावकहरुलाइ भन्नुभाे ।

साईकल वितरण कार्यक्रममा प्रमुख अतिथि महाेतरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा  सांसद डा सुरेन्द्र कुमार यादव,विशिष्ट अतिथि पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्रि एवं  प्रदेश सांसद सराेज सिंह कुश्वाहा, वडा नं. ३ का वडा अध्यक्ष महेन्द्र राय यादव जसपा नेता गगनदेव प्रसाद यादव,महेन्द्र यादव,संघिय परिषद सदस्य दिपक झा गुडु लगायत विद्यालयका शिक्षक र हजाराैका संख्यामा स्थानियहरु लगायतका सहभागीता रहेका थिए ।