मधेशटप डेस्क,

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा न. ७ लक्ष्मीनियाँ बजार  स्थित लक्ष्मीनियाँ जनता मा.वि मा अध्यनरत कक्षा १२ का छात्राहरुलाई कमर्श र एजुकेशन फेकल्टीको किताव ५५ सेट बितरण गरियो ।

यस  लक्ष्मीनियाँ गाउँपालिकावाट प्राप्त कक्षा १२ को नयाँ किताव कक्षा १२ मा अध्ययनरत Management र Education दुवै का विद्यार्थीहरुलाई वितरण गरियो ।

सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ ।

पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने लक्ष्मीनियाँ मा.वि का लेखापाल  सुदिप यादवले  बताए ।

जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८÷७९ को बजेटमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरिएको छ । यो घोषणापछि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्नेछन् । यसअघि कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने गरिएको छ ।

सरकारले कक्षा १२ लाई विद्यालय तहका रूपमा अङ्गीकार गरेको छ । कक्षा १२ को पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रले छपाइका लागि स्वीकृति दिन बाँकी रहेको जनाएको छ । सरकारले असारबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र प्रारम्भ गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

यो अवस्थामा नयाँ शैक्षिक सत्र प्रारम्भ भएलगत्तै विद्यार्थीको हातमा नयाँ पुस्तक पु¥याउन समस्या नहुने जनक शिक्षाले दाबी गरेको छ ।