सप्तरी । देशमा थप १ हजार २३९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १ हजार २३९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको अनुसार १५ हजार २ सय ४३ परीक्षण्मा पिसीआर विधिबाट ९ सय ४१ र एन्टिजेन विधिबाट २ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८८ हजार ७६९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय २४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ५६ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् ।