सप्तरी । डेढ वर्षदेखी बन्द रहेको भारतीय सीमा सँंग जोडिएका सप्तरीका सिमा नाकाहरु अझै खुल्न सकेको छैन् ।

मन्त्री परिषदको गत मंगलवार वसेको बैठकले सबै सीमानाका खुल्ला गर्ने निर्णय गरेको थियो । सो सरकारी निर्णय स्थानिय प्रहरी प्रशासनले कार्यान्वयन नगरेकाले भारतसंग जोडिएको सप्तरीका नाकाहरु अहिले सम्म नखुलेको स्थानीय वासीहरुले गुनासो गरेका छन् ।

२०७६ साल चैतको पहिलो साता कोरोना संक्रमण बढेपछि नेपाल सरकारले भारतीय सीमासँग जोडिएका सबै नाकाहरु बन्द गर्ने गरेको निर्णय जोखिम घट्दै गएपछि मंगलबार खुल्ला गर्ने निर्णय गरेको थियो ।

तीन चारदिन अघि नाका खुल्यो भनेर संचार माध्यमबाट खबर पाएपछि काम विषेशले भारतमा रहेकाहरु गाडी चढी फर्किने दर्जनौ ब्यक्ती सिमा क्षेत्रमा अलपत्र परेका छन । नाकामा रहेका सुरक्षाकर्मीले नाका नखुलेको भन्दै गाडी आवागमन गर्न रोक लगाउदा आफुहरु समस्यामा परेको पीडित सर्वसाधारणको गुनासो छ ।