सप्तरी । नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहिवार छापावाला सुन मुल्य प्रतितोला ८९ हजारमा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । बिहिवार ११ सय ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ६० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।