बुटवल। सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भएको प्रहरीे जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले सडकमा बस पर्खिएर बसेका आमाछोरालाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।