सप्तरी । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोला ८८ हजार ७०० कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बुधवार छापावाला सुन मुल्य प्रतितोला ८८ हजार ९०० मा बारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको ३५ रुपैयाँले घटेको छ । बुधवार१ हजार १५५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ १ हजार १२० कारोबार भइरहेको महासंघले जनाएको छ ।