जनकपुरधाम, २७ असोज  : आज जनकपुरधामको मुख्य शक्तिपिठ माता श्री राजदेवी मन्दिर लगायतमा खोइच भर्ने श्रद्धालु महिलाहरुको भिडभाड देखिएको छ । कोरोना कहरका कारण गत वर्ष प्रभावित भएको विजयादशमीको विजयोत्सव यस वर्ष भने भब्य रहने देखिन्छ ।

श्री महाबिर युवा कमिटिका अध्यक्ष बलराम साहका अनुसार बुधबार साँझ ७ ः ३० बजे देखि ८ बजे सम्ममा माता राजदेवी मन्दिरमा बोकावली प्रदान गर्न सुरु हुनेछ । कमिटिले बिहान ४ बजे सम्म बोकावली प्रदान हुने अनुमान गरेको छ । कोरोना प्रभावित गत वर्षको विजयदशमीमा माता राजदेवी मन्दिरमा ८ हजार ८ सय ६६ बोकाबली प्रदान भएको थियो । त्यस अघि समान्य अवस्थामा करिव १५ हजार सम्मको हाराहारीमा बोकाबली प्रदान हुदै आएको थियो ।